Section 14
गोपनियता कायम राख्ने
: (१) स्वास्थ्य सेवा प्रवाह गर्दा सेवाग्राहीको स्वास्थ्य अवस्था, निदान वा निजले प्राप्त गरेको उपचार लगायतका सूचनाहरू गोप्य राख्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सूचना सार्वजनिक गर्न यस दफाले बाधा पुर्याएको मानिने छैनः-
(क) सूचना सार्वजनिक गर्न सेवाग्राहीले लिखित सहमति दिएमा,
(ख) अदालतको आदेश वा प्रचलित कानून बमोजिम सूचना सार्वजनिक गर्नु पर्ने भएमा,
(ग) सूचना सार्वजनिक नगर्दा त्यसबाट जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएमा।
(३) उपदफा (२) को खण्ड (ग) को प्रयोजनको लागि जनस्वास्थ्यमा गम्भीर असर पर्ने वा नपर्ने सम्बन्धमा तोकिएको अधिकारीले निर्णय गरे बमोजिम हुनेछ।